आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लेदोसँगै बगे भारत केरलाका ४ गाउँ, मृतकको संख्या ११९ पुग्यो

लेदोसँगै बगे भारत केरलाका ४ गाउँ, मृतकको संख्या ११९ पुग्यो

केरला सरकारद्वारा राजकीय शोक घोषणा


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०८१, मंगलबार
केरला पहिरो। तस्बिर : दैनिक भास्कर

भारतीय राज्य केरलाको वायनाडमा भारी वर्षाका कारण मंगलबार बिहान विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११९ नाघेको छ। भारतीय पत्रिका दैनिक भास्करले मंगलबार साँझ जनाएअनुसार पहिरोका कारण हालसम्म ११९ जनाको मृत्यु भइसकेको छ।

मंगलबार बिहान २ बजेदेखि ६ बजेसम्म वायनाडका ४ स्थानमा गएको पहिरोमा परी चार गाउँ बगेका छन्। मुण्डक्काई, चुरामाला, अट्टामाला र नुलपुजामा घर, पुल, सडक र सवारीसाधन समेत बगेका छन्।

पहिरोमा परी ९८ जनाभन्दा बढी बेपत्ता छन् भने घाइते भएका ११६ जनालाई अस्पताल भर्ना गरिएको छ। उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली खटिएका छन्। यो विपत्तिपछि केरला सरकारले राज्यमा दुई दिने राजकीय शोक घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->