बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आधारभूत अस्पतालको आधार तयार गर्दै कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्र

आधारभूत अस्पतालको आधार तयार गर्दै कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्र


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०८१, बुधबार

बागलुङ/दरबन्दीका चिकित्सकसमेत कार्यक्षेत्रमा नआउँदा कुनै बेला चिकित्सक र प्रविधिबिहिन बनेको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा अहिले सुविधासम्पन्न बन्दैछ । नगर अस्पतालको रुपमा विकास भैरहेको स्वास्थ्य केन्द्र जनशक्ति, प्रविधि र स्रोतसाधनले सम्पन्न बन्न थालेको हो । चिकित्सकको प्रबन्ध, प्रविधि र उपकरणहरु अध्याबधिक बन्दा केन्द्रबाट दक्षिण बागलुङका सर्वसाधारण लाभान्वित हुने छन् ।
स्वास्थ्य केन्द्रमा पहिलो पटक एक्स–रे सेवा सञ्चालनमा आउँदै छ । जैमिनीले स्वास्थ्य सेवा विभागको सहयोगमा एक्स–रे मेसिन खरिद गरेपछि केन्द्रमा सेवा सञ्चालनमा आउन थालेको हो । केही दिनमै एक्स–रे मेसिन सञ्चालनका लागि प्राविधिक जनशक्ति तयार गरेर सेवा प्रवाह गरिने नगर उपप्रमुख हरिहर शर्माले बताए ।
यसअघि जिल्लाको दक्षिण क्षेत्रका सर्वसाधारण सामान्य चेकजाँचका लागि समेत एक्स–रे सेवा नहुँदा सदरमुकाम बागलुङ बजार र छिमेकी कुश्मा बजार पुग्नुपर्ने बाध्यता थियो । स्वास्थ्य केन्द्रमा एकमात्र डाक्टरको दरबन्दी छ । दरबन्दी र करारसहित दुई जना चिकित्सक नियुक्त गरेर केन्द्रले सेवा दिईरहेको छ । एक्स–रे सेवा नहुँदा सामान्य हाडजोर्नीका समस्या पहिचान गर्न नसकेका चिकित्सकलाई उपचारमा थप सहयोगि बन्ने शर्माले बताए ।
स्वास्थ्य केन्द्रले वर्षौं अघिदेखि सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा बिस्तार गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार ‘ग’ वर्गको एम्बुलेन्स सञ्चालन गरिरहेको केन्द्रले नगरको सहयोगमा एम्बुलेन्स सेवा स्तरोन्नती गरेको हो । नगरपालिकाको २२ लाख रुपैयाँ अनुदानमा नयाँ एम्बुलेन्स खरिद गरेर ‘ख’ वर्गमा स्तरोन्नती गरिएको हो ।
‘कच्चि सडक, पुरानो साधनका कारण एम्बुलेन्स बिरामीले खोजेको जस्तो थिएन्, अहिले नयाँ आएको छ’ स्वास्थ्य केन्द्रका अहेव डिल्ली प्रसाद पौडेलले भने, ‘अब आधारभुत तहको स्वास्थ्य सेवाका लागि सबै हिसाबले तयार भएका छौं ।’ केन्द्रमा दरबन्दीका चिकित्सक सुत्केरी बिदामा छन् । करारमा रहेका चिकित्सकहरु कृष्ण प्रसाद सुवेदी र सुलभ आचार्यले बिरामीलाई सेवा दिईरहेका छन् । अन्य दरबन्दीका स्वास्थ्यकर्मी नियमित भएकाले स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दै गएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->