बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सिग्देल भए नेपाली सेनाको कायममुकायम प्रधानसेनापति

सिग्देल भए नेपाली सेनाको कायममुकायम प्रधानसेनापति


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०८१, बुधबार

पोखरा / नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा वरिष्ठ रथी अशोकराज सिग्देल तोकिएका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले बुधबार सिग्देललाई कायममुकायम प्रधानसेनापति तोकेका हुन् ।

उनले सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागु हुने गरी कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोकिएका हुन् ।

अहिलेका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिँदैछ । त्यसको एक महिनाअघि बिदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->