बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारी अभियानका थालनीकर्ता विश्ववन्धुसँग छानविन विशेष समितिको छलफल

सहकारी अभियानका थालनीकर्ता विश्ववन्धुसँग छानविन विशेष समितिको छलफल

छलफलमा मान्छे असल भए संस्था बलियो हुने र अघि बढ्ने तथा खराब व्यक्ति भए राम्रो गर्न सम्भव नरहेको विश्ववन्धु थापाले जानकारी दिए।


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०८१, बुधबार

काठमाडौं / सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारी अभियानका थालनीकर्ता विश्ववन्धु थापा र ओरेन्टल सहकारीका सञ्चालक सुधिर बस्नेतसँग छलफल गरेको छ ।

बुधवार समितिले थापा र बस्नेतसँग छुट्टा-छुट्टै छलफल गरेको समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताए। अभियन्ता थापाले २०१७ सालमा जुन उद्देश्यले सहकारीको अभियान थालनी भएको थियो, सो अनुसार चल्न नसक्दा अहिले समस्या आएको समितिलाई जानकारी दिएको सभापति थापाले बताए।

छलफलमा मान्छे असल भए संस्था बलियो हुने र अघि बढ्ने तथा खराब व्यक्ति भए राम्रो गर्न सम्भव नरहेको पनि विश्ववन्धु थापाले जानकारी दिए सभापति थापाले बताए। सभापति थापाले त्यो बेलामा साझा केन्द्रको अवधारणा पञ्चायतलाई राजनीतिक परिपाटीका रुपमा र साझालाई आर्थिक प्रणालीका रुपमा अगाडि बढाएको समितिलाई जानकारी दिएको उल्लेख गरे।

उनले त्यो बेलाको साझा केन्द्रमा पनि सरकार परिवर्तन हुने बित्तिकै अध्यक्ष र प्रवन्धक परिर्वतन हुने भएकाले राम्रोसँग अघि बढ्न नसकेको बताएको उल्लेख गरे । थापाले राजनीतिक र सहकारी सञ्चालनको लागि असल व्यक्ति चाहिने बताएको सभापति सुर्य थापाले दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->