बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दुई मन्त्रालयका लागि ७० अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

दुई मन्त्रालयका लागि ७० अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०८१, बुधबार

काठमाडौं / सरकारले दुईवटा मन्त्रालयका लागि ७० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले यसबारे जानकारी गराएका हुन्।

उनका अनुसार महिला बालबालिका तथा ज्येष्ठ नागरिका मन्त्रालयअन्तर्गतका कार्यालय तथा कार्यक्रमहरूका लागि आर्थिक वर्ष २०८१/८२ का लागि आवश्यक राजपत्रांकित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तरगतका लागि आर्थिक वर्ष २०८१/८२ का लागि राजपत्रांकित श्रेणी वा सो सरहका ५९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले ५ देशका राजदूत फिर्ता गर्दै १८ देशमा राजदूत नियुक्ति सिफारिश गरिएको उनले बताए। सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिन सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->