बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धारिलो हतियार देखाई चोरी गर्ने ४ पक्राउ

धारिलो हतियार देखाई चोरी गर्ने ४ पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८१, बिहिबार

पोखरा / धारिलो हतियार देखाई सुनका गहना तथा नगद चोरी गर्ने ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोकका ४२ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री, सोही पालिकाको वडा नम्बर २ भराभरीका ५१ वर्षका खड्कबहादुर पुन मगर, पोखरा महानगरपालिका वडा नम्बर २१ का ५८ वर्षीय लोकबहादुर राना मगर र पोखरा–३ नदीपुरका ३५ वर्षका राजु सुनार छन ।

उनीहरुले यही साउन ३ गते बेलुकी साढे ८ बजेको समयमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ रुम्जाका शशीधर काफ्लेको घरमा धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहना (सिक्री १ थान, तिलहरी १ थान, औंठी ३ थान, रिङ ३ जोर), मोवाईल १ थान र नगद १ लाख ७३ हजार समेत गरी अन्दाजी १४ लाख ८ हजार बराबरको धनमाल चोरी गरेका थिए । घटनाबारे थाहा पाएपछि वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान गरेको थियो । पछि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न चारैजनालाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->