पोखरा/ चिनियाँ विद्युतिय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रालिलाई नियूक्त गरेको छ ।
पोखराको नयाँबजारमा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा दिपलको एस ०७ र एल ०७ लगाएत अन्य मोडेलहरु उपलब्ध हुने जनाइएको छ । गाडी बुकिङ गरेको १ साताभित्रै ग्राहकहरुलाई गाडी उपलब्ध गराईने कम्पनीले जनाएको छ । कम्पनीले यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास लिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
दिपलको एस ०७ इ एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडिको मुल्य ७४ लाख ९९ हजार रुपैँया तोकीएको छ । सिंगल चार्जमा ४१० देखी ४८५ किमी रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ । एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
हिमालय अर्गनाईजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेनटल प्रालि फोर्स मोटर्सका गाडीको लागि नेपालको आधिकारिक विक्रेता हो । विगत ३ दशक भन्दा बढि समय देखी यस अर्गनाईजेशन अटोमोवाइल्स ब्यवसायमा सक्रिय रहदैँ आएको छ । यो समुहका अध्यक्ष नाडाका निवर्तमान अध्यक्षसमेत रहेका ध्रुव थापा हुन ।





