बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

साउन २६ मा हुने लाखे नाच प्रतियोगीतामा २३ टोलीको सहभागीता, २० टोलीको प्रतिष्पर्धा

साउन २६ मा हुने लाखे नाच प्रतियोगीतामा २३ टोलीको सहभागीता, २० टोलीको प्रतिष्पर्धा


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८१, बिहिबार

पोखरा/ नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यहि साउन २६ गते हुने लाखे नृत्य प्रतियोगितामा कास्कीका २३ वटा लाखे समुहले सहभागीता जनाउने भएका छन । त्यसमध्ये २० टोलीबीच प्रतिस्पर्धा हुने नेवाः खलः मचाले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

कचा पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठका अनुसार प्रतियोगीतामा दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ भने दर्शकहरुले नेवारी खानाको स्वाद लिन झो भ्वयः को समेत आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः सस्कार संस्कृति र परम्परा संरक्षण तथा पुस्ता हस्तान्तरणका लागि नेवा खल कास्कीले पछिल्लो समय विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । गत वर्ष पनि नेवा खलः कास्की तथा नेवा समुदायसँग समबन्धित संघसंस्थाहरुले पोखरामा २३ वर्षपछि बाघ जात्रा निकालेका थिए ।

लाखे नाच प्रतियोगिता पोखरा प्रदर्शनी केन्द्रमा हुने छ । करिब दश हजार जनाको उपस्थिति रहने आँकलन गरिएको कार्यक्रममा एलईडी मार्फत पनि नाच देखाईने छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ का साथमा मायाको चिनों तथा प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगीता संयोजक रेशमप्रसाद श्रेष्ठले बताए । लाखे नृत्य प्रस्तुतीका लागि चाहिने पोशाक, मुकुण्डो, गहना, र बाजाहरुको व्यवस्था प्रतियोगि टोली स्वयंले व्यवस्था गर्नु पर्ने नियममा उल्लेख छ । कार्यक्रम सम्पन्न गर्नका लागि २१ लाखभन्दा बढि खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

नेवा खलः कचाः पृथ्वीचोकका पुर्व अध्यक्ष तथा सल्लाहकार गजेन्द्रमान श्रेष्ठले सञ्चालन गरेको पत्रकार सम्मेलनमा नेवा मिसा पुचः कास्कीकी अध्यक्ष सँगीता बज्रचार्य, नेवा पत्रकार पुचः कास्की अध्यक्ष अनिशा श्रेष्ठ, नेवा ल्याम्ह पुचः कास्की अध्यक्ष विनित जोजीजु लगायत नेवा समुदायका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->