बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘केटुके’ यात्रामा पोखराको ‘डुलुवा’

‘केटुके’ यात्रामा पोखराको ‘डुलुवा’


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८१, बिहिबार

पोखरा/पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारत भ्रमणमा निस्केको छ । ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो ।
टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका निमित्त प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले विदाई गरेका छन् ।
नेपालको कास्कीकोटदेखि भारतको कन्याकुमारी सम्मको भ्रमणलाई ‘केटुके’ नाम दिएर पर्यटन प्रवद्र्धनात्मकमा निस्किएको हो । भ्रमण अगष्ट १ देखि शुरु भएर २५ अगष्टमा टुङ्गिने छ । पोखराबाट शुरु भएको भ्रमण रक्सौल, पटना, कोलकाता, पुरी, भाइजाग, चेन्नई, पोंडिचेरी, रामेश्वरम, कन्याकुमारी, कोची, गोवा, मुम्बई, अहमदाबाद, द्वारका, जयपुर, दिल्लीहुँदै पुनः पोखरामै आएर समापन हुने टोली संयोजक योगश भट्टराईले जानकारी दिए ।
१९ सदस्यीय टोलीले चार वटा गाडीमा यात्रा गर्नेछन् । ‘डुलुवा’ अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीय पर्यटकहरूलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउने संयोजक भट्टराईले बताए ।
टोलीले हरेक सहरमा पुगेर स्थानीय व्यवसायी र पत्रकारसँग छलफल तथा अन्तरक्रिया गर्ने छ । टोलीलाई विदाई गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भ्रमणले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेलले भ्रमणले भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्ने बताए । नेपाल पर्यटन वोर्ड पोखरा कार्यालय प्रमुख नवीन पोखरेलले पर्यटनको ठूलो बजार भारतमा गएर ‘डुलुवा’ टोलीले प्रवद्र्धन गरेपछि त्यसको प्रभाव बिस्तारै पोखरामा देखिने बताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले ‘डुलुवा’ टोलीलगायतको भ्रमणले पोखरामा १५ लाख पर्यटक भित्राउने पोखरा महानगरपालिकाको लक्ष्य भेट्टाउन मद्दत पुग्ने बताए । नेपाल पर्यटन वोर्डका पूर्व सदस्य तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले डुल्नु, घुम्नुको मज्जा र महत्व छुट्टै रहेको बताए ।
नेपाली संस्कृतिमा प्रचलित ‘डुलुवा’लाई युवालक्षित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन २००८ मा यो स्थापना भएको हो । ‘डुलुवा’ ले नेपालका ७० जिल्लाको भ्रमण गरिसकेको छ भने विदेशमा भारतको लेहलद्दाखसम्मको यात्रा गरिसेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->