बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

खाष्टे सहकारीको स्थापना दिवसमा सहयोग

खाष्टे सहकारीको स्थापना दिवसमा सहयोग


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०८१, शनिबार

पोखरा/पोखरा २६ मा रहेको खाष्टे बचत तथा ऋण सहकारी सस्थाले आफनो १४ औं स्थापना दिवसको अवसर पारेर अपाङ्गता मैत्रीका समाजलाई खाद्यान्न,फलफूल तथा तरकारी सहयोग गरेको छ । सहकारीका सात शिध्यान्त मध्यको सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सस्थाले पोखरा २६ को वुढिवजारमा रहेको अपाङ्गता मैत्री समाजमा आवासीय रुपमा बसोबास गर्दै आएका नेत्रहीनहरुका लागि आवस्यक पर्ने खाद्यान्न सहयोग गरेको अध्यक्ष शिवजी तिवारीले जानकारी दिए ।
सोही अवसरमा सस्थाका व्यवस्थापक सूर्य भुजेलले स्थापना दिवसमा समाजप्रतिको उत्तरदायित्ववोध गरिएको बताए । कार्यक्रममा अपाङ्गता मैत्रीका समाजका अध्यक्ष दण्डपाणि ढकालले सेवाको भावले गरिएका जुन सुकै सहयोगको प्रभाव सहरात्मक प्रभाव पर्ने र दानीलाई कहिल्यै पनि हानी नहुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->