बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गुफा पर्यटकीय विकास समितिमा ईन्द्र

गुफा पर्यटकीय विकास समितिमा ईन्द्र


  • ढोरपाटन संवाददाता
  • साउन २० २०८१, आइतबार

पोखरा/ महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र प्रसाद सुवेदी चयन भएका छन्। विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागी विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई जिम्मेवारी दिएको हो ।

समितिको सदस्यमा भरतवहादुर वस्नेत, प्रेम तिमिल्सिना, ओममाया नेपाली, एकवहादुर नेपाली, विनोद पौडेल, मनकला नेपाली, विजय सापकोटा, पदेन सदस्यमा निवर्तमान संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराई, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था र समितिको सदस्य सचिवमा शिशिर पौडेल चयन भएका छन्। त्यस्तै समितिको सल्लाहकारमा सुवाषवावु अधिकारी, गोविन्दवहादुर वस्नेत, यदुनाथ वञ्जरा, पुष्पराज अधिकारी, केशवबहादुर बस्नेत र प्राविधिक सल्लाहकारमा ईन्जिनियर भुवनवहादुर थापा रहेका छ्न ।

नवनियुक्त संयोजक सुवेदी र सदस्य तथा सल्लाहकारलाई स्वागत गर्दै विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराईले पोखराको पहिचानका रूपमा रहेका महेन्द्र तथा चमेरे गुफाको समग्र विकासमा समितिले प्रभावकारी भुमिका निर्वाह गर्ने बताए। संयोजक सुवेदीले सबैको समवन्यमा गुफाको गुरुयोजना अनुरुप यस क्षेत्रको विकासमा ध्यान दिने प्रतिवद्धता जनाए। स्वागत तथा परिचयात्मक कार्यक्रममा सल्लाहकार गोविन्दवहादुर वस्नेत, यदुनाथ वञ्जरा, पुष्पराज अधिकारी, सदस्य प्रेम तिमिल्सिना, एकराज नेपालीले प्राकृतिक सम्पदालाई असर पुग्ने गरी राजमार्ग ल्याउन खोजिएको भन्दै त्यसको विकल्प खोज्नुपर्ने बताए। प्राविधिक सल्लाहकार ईन्जिनियर भुवनवहादुर थापाले महेन्द्र गुफा वृहत विकास परियोजना अन्तर्गत निर्माणाधीन कार्यको जानकारी गराएका थिए। सदस्य सचिव पौडेलले पर्यटकलाई आर्कषण गर्ने खालका थप संरचनाको निर्माणमा जोड दिदैं, पछिल्लो समय बाढी पहिरो तथा सडक र हवाई क्षेत्रमा भएका दुर्घटनाले पर्यटक आवागमनमा कमि भई पर्यटन क्षेत्रमै असर परेको बताए। समितिले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका लागी सरोकारवालासँग छलफल गरी योजना तयार गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->