बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाँदरका कारण बढ्दो समस्या र विकल्पबारे छलफल

बाँदरका कारण बढ्दो समस्या र विकल्पबारे छलफल


  • ढोरपाटन संवाददाता
  • साउन २० २०८१, आइतबार

पोखरा/ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ ।

सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका कारण गाउँ बस्तीमा खेतीपाती लगाउने क्रम घट्दै गएको बताए । ग्रिन गभर्नेन्स नेपालका कार्यक्रम अधिकृत अर्जुुन भुुषालले देशव्यापी रुपमा बाँदरको समस्या रहेको बताउँदै यसको विकल्पमा विभिन्न खेती गर्न सकिने बताए ।

ग्रिन गभर्नेन्स नेपालले मानव वन्यजन्तुु नियन्त्रणमा नवप्रवर्तन कार्यक्रम अन्तर्गत आवाजका माध्यमबाट बाँदरलाई धपाउने जस्ता विभिन्न विकल्पबारे अध्ययन गरिरहेको उनले जनाए । बाँदर प्रकोपको विकल्पमा कागती, खुुर्सानी, अदुुवा जस्ता विभिन्न बैकल्पिक खेती गर्न सकिने बताउँदै उनले ती खेतीको प्रविधि बारे चर्चा पनि गरे । साथै बन्यजन्तुुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० लगायतको कानुुनी व्यवस्था बारे जानकारी समेत गराए ।

सिड फाउन्डेशन नेपालका निर्देशक दामोदरभक्त थापाले बाँदर प्रकोप कम गर्नका लागि उनीहरूले खाने फलफूलका बोट सहित बाँदर बगैंचाको अवधारणा अघि सानुुपर्नेमा जोड दिए । कार्यक्रममा मादी गाउँपालिका वडा नं १२ लिपेपानीका गिरेन्द्र गुुरुङले बाँदर तर्साउने बन्दुकबारे जानकारी गराए । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनालले बाँदरले खेतीमा पार्ने गरेको असरबाट जोगिन कुरिलो खेती ,ुसिप्लीकान खेती जस्ता विभिन्न विकल्प अपनाउने सकिने सुुझाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->