बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिमा रकमको लोभमा सपिङ सेन्टरमा आगो लगाएको आरोपमा २ पक्राउ

बिमा रकमको लोभमा सपिङ सेन्टरमा आगो लगाएको आरोपमा २ पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन २० २०८१, आइतबार

पोखरा/ पोखरा–६ लेकसाइडस्थित आफ्नै पसलमा आगो लगाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाएको आरोपमा कास्की प्रहरीले ३६ वर्षीय सुजन गहतराज र उनका सहयोगी ४३ वर्षीय पवन नेपाललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । सुजन पोखरा १७ विरौटा बस्दै आएका थिए भने पवन ड्यामसाइड बस्दै आएका थिए ।

यही साउन १६ गते बिहान अन्दाजी २ बजेर १० मिनेटको समयमा पोखरा–६ नारेश्वरचोक स्थित डा. थानेश्वर पहारीको घरमा भाडा लिई सुजन गहतराजले मुक्तिनाथ सपिङ्ग सेन्टर प्रालि (पबित्रा अधिकारीको नाममा रहेको) संचालन गरेको सो पसलमा अचानक आगो लागेको थियो ।

आगोलागीको सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय वैदामका डिएसपी सन्तोष निरौलाको कमाण्डको प्रहरी कर्मचारीहरु, पोखरा महानगरपालिकाको दमकल, सशस्त्र प्रहरी वल नेपालका सुरक्षाकर्मी र स्थानिय समेतको संयुक्त प्रयासमा बिहान ३ बजेतरित आगलागी नियन्त्रणमा आएको थियो ।

सुरुमा गहतराजले पसलको बिमा नगराएको भनेको र नयाँ ईनभर्टर जडान गरेकोमा त्यसैको वायरिङबाट सर्ट भएर आगो लागेको भन्दै प्रहरीमा बयान दिएका थिए । पछि प्रहरीले अनुसन्धानको क्रममा इन्भर्टर सप्लाई गर्ने व्यक्तिसंग वुझ्दा ईनभटरबाट आगो लाग्दैन, बरु जोड्ने क्रममा बिग्रन सक्छ भन्ने जवाफ प्राप्त भएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो ।

थप अनुसन्धानका क्रममा प्रहरीले सन् २०२४।०३।१५ मा उक्त पसलको हिमालयन एभरेष्ट ईनसुरेन्स लिमिटेड पोखरा न्युरोडमा उक्त पसलको बिमा गरेको र यही साउन १७ मा बिमा दावीको लागि हिमालयन एभरेष्ट ईनसुरेन्स लिमिटेडमा निबेदन पेश गरेको देखिए पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सोही दिन गहतराजले आफ्नो पसलमा के कसरी आगो लागेको भनी थप अनुसन्धान गर्न वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका थिए । उक्त पसलको हिमालयन एभरेष्ट ईन्सुरेन्स लिमिटेड पोखरा न्युरोड शाखामा २ करोड १० लाख बराबरको बिमा गरिएको थियो ।

उक्त सपिङ सेन्टर खासै धेरै नचलेको र सामान ठुलो मात्रामा स्टक भएको र घरधनी समेतसंग भाडा लगायतका कुरामा विवाद रहेको प्रहरीले जनाएको छ । पक्राउ दुवैजनलाई आपराधिक उपद्रव गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतवाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->