बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पानीजहाज र रेलमार्ग विस्तारमा नै छ प्रधानमन्त्रीको चासो

पानीजहाज र रेलमार्ग विस्तारमा नै छ प्रधानमन्त्रीको चासो


  • ढोरपाटन संवाददाता
  • साउन २० २०८१, आइतबार

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको यातायात प्रणालीलाई पानीजहाज र रेल युगमा रूपान्तरित गर्नुपर्ने बताएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन निर्देशन दिएका छन्।

नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भन्दै उनले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न निर्देशन दिए।

पानीजहाजबाट सीमापारदेखि सामानहरू ल्याउन–लैजान सुलभ र छिटो हुने तथा यात्रुहरू पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उनको भनाइ थियो।

‘पानीजहाजको तयारीसँगै हनुमानगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खेलौँ, ठूला भन्सार पनि खोलौँ,’ उनले भने, ‘सबै काम त्यहीँबाट हुन्छ। यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ।’

कार्यक्रममा भौतिक पूर्वाधार तथा योजना मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित मन्त्रालय, विभाग तथा मातहत अधिकारीहरू सहभागी थिए।

प्रधानमन्त्री ओलीले भने, ‘पानीजहाजसँगै अब हामी रेल यातायातमा जानुपर्छ। हाल सञ्चालित कुर्था–जनकपुुर रेलमार्गमा दुईवटा रेल थप्नुपर्छ। त्यहाँको मार्गलाई बर्दिबाससम्म ल्याउनुपर्छ। पूर्व(पश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ। काठमाडौँमा जमिनमुनि रेल चल्न सम्भव छैन भने स्काइ रेल चलाउनुपर्छ।’

पूर्व(पश्चिम रेल सञ्चालन भएपछि भारतीयहरू पनि गुवाहटीबाट नेपाल हुँदै छोटोमार्गबाट दिल्ली तथा सिलीगुरीबाट हरिद्वारसम्म पुग्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->