मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बालमैत्री नगरका लागि बालअधिकार समिति

बालमैत्री नगरका लागि बालअधिकार समिति


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८१, सोमबार

बागलुङ/बागलुङ नगरपालिकाले आगामी पुस मसान्तभित्र घोषणा गर्ने लक्ष्य राखेको बालमैत्री नगर अभियानलाई पूर्णता दिन पुरक कामहरु संचालनमा आएका छन् । त्यसकालागि कानूनी रुपमा गठन हुनुपर्ने सबैखाले समितिलाइ पूर्णता दिनपनि नगरपालिकाले पहल गरेको हो ।
बालअधिकार समिति गठन तथा बालअधिकार बिषयक छलफल कार्यक्रममा नगरपालिकाको बिषयगत शाखाले दिएको जानकारी अनुसार ८० प्रतिशत सूचक पुरा भैसकेको जानकारी दिइएको हो । अब केही पूर्वाधारका काम र एकादुइ कानूनी रुपमा गठन गर्नुपर्ने समिति बनाउन मात्र बाँकी रहेको पनि बताइयो ।
नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले अधिकांस सूचक पुरा भएको र केही पूर्वाधारजन्य सूचक बाँकी रहेको बताए । त्यसका लागि अपांगमैत्री शौचालय बनाउने, अभिभावक सचेतनाका कार्यक्रम जस्ता बिषय रहेको उनले जानकारी दिए ।
नगर उपप्रमुख राजु खड्काले बालबालिकाको समग्र हितको लागि गरिनुपर्ने काममा कुनै कसर बाँकी नराख्ने पनि प्रतिवद्दता जनाएका छन् । गठन प्रकृया अगाडि बसेको सरोकारवालाको बैठकले गैरसरकारी क्षेत्र, शिक्षक, बिद्यालय, बार, पत्रकार लगायतका क्षेत्रले साथ दिनुपर्ने समेत खड्काको भनाइ थियो । ‘आफ्नो क्षेत्रबाट पहल र सहयोग गर्न सकियो भने समयमा घोषणा गरेर दिगो पना पनि दिन सकिन्छ’ खड्काले भने, ‘बालमैत्री नगरले हाम्रो सभ्यताको पनि सूचन परिवर्तन गर्ने छ ।’ त्यसका लागि प्रारम्भिक अवस्थादेखि बालबालिकाको जन्मन पाउने अधिकार सुरक्षा गर्नुपर्ने, जन्मेपछि अभिभावकको साथमा बसेर खान, खेल्न र पढ्न पाउने, माया पाउने अधिकार सुरक्षा गर्नुपर्ने बताइएको छ ।
त्यस बाहेक उपेक्षित भएर कोही सडकमा आइपुगेमा बाल संरक्षण गृहमा राख्ने व्यवस्था गर्ने र खोजी पछि समाजमा पुनस्थापना गर्नुपर्ने, नगर भित्र बाल उद्यानहरु निर्माण गर्ने, समुदायलाई सचेत बनाउन गैरसरकारी संस्थाले साथ दिनुपर्ने समेत सुझाव दिइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, प्रहरी उपरीक्षक ऋषिराम कंडेल, सहायक प्रजिअ चित्राङगत बराल, सिवाईसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्मा, विवाईसीका अध्यक्ष तोयनाथ गौतम, उच्च अदालत बारका कोषाध्यक्ष लक्ष्मी बास्कोटा, अधिकारकर्मी लक्ष्मीकुमारी जिसी, कालीका सापकोटा, बिना कार्की, शिक्षक शान्तमणी ढकाल, दुर्गाकुमारी शर्मा, पूर्व शिक्षक रामबहादुर केसी, स्वास्थ्य कार्यालयका प्रतिनिधि घनश्याम सापकोटा र बालसंजालकी अध्यक्ष अनुस्का कँडेलले सुझावसहित बालमैत्री अभियान पूर्णताको लागि साथ दिने बताए ।
नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने बालअधिकार समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शिक्षक, अभिभावक, बालक्लब, मानवअधिकार, गैरसरकारी संस्था, संचारकर्मी र बालबिज्ञहरु सदस्य रहनेछन् । त्यसका लागि क्षेत्रगत स्विकृतिपछि नगरपालिकाले समिति गठन गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->