काठमाडौँ /नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विभिन्न ३७ वटा विभाग गठन गरेका छन् । देउवाले पार्टीको विधानको धारा ३७ (१) बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति अनुसार सभापति देउवाले विधानको व्यवस्थाबमोजिम बिभागीय प्रमुखहरु मनोनयन गरेको जनाइएको छ । राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागको प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनीत भएका छन् । त्यस्तै, संघीय मामिला समन्वय विभागको प्रमुखमा चन्द्रबहादुर केसी, संसदीय मामिला विभागको प्रमुखमा गोविन्द्रबहादुर शाह र कानून विभागको प्रमुखमा मानबहादुर नेपाली मनोनीत भएका छन् । पर्वतका अर्जुनप्रसाद जोशीलाई सामाजिक संघसंस्था समन्वय विभागको जिम्मेवारी दिइएको छ ।





