
बागलुङ/ बर्षासँगै घरमाथीबाट आएको पहिरोमा पुरिएर बागलुङमा एक जनाको मृत्यु भएको छ । केही घर पुरिएका छन्भने केही घाईते भएका छन् । बागलुङको बडिगाड गाउँपालिका–९ दर्लीङखोला भन्ने ठाउँमा पहिरोले घर पुरिँदा १५ बर्षिय बिद्यान परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिँदै छ । थप केही घर पुरिएकाले उद्धारको काम चलिरहेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ । बडिगाड गाउँपालिकाकै वडा नं. १० दर्लिङमा पहिरोले तीन घर पुरेको छ ।
कठिन भुगोलका कारण प्रहरी र जनप्रतिनिधि समेत घटनास्थलमा पुग्न नसकेको वडा नं. ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए । पहिरोले घरहरु पुरेकाले त्यहाँ मानिस भए नभएको एकिन गर्न सकिएको छैन् । घटनास्थल वरपरका सर्वसाधारण फोन समेत नलागेकाले उद्धारमा कठिनाई भैरहेको छ ।





