बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गुल्मीको मुसिकोट पहिरोमा परी ४ को मृत्यु, २ जना घाइते

गुल्मीको मुसिकोट पहिरोमा परी ४ को मृत्यु, २ जना घाइते


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०८१, मंगलबार

पोखरा / गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर-१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।

पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् ।

मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । गुल्मीमा गएरातीदेखि नै वर्षात् भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->