बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पूर्व आइजीपी दबाब प्रकरण : १० दिनपछि लियो प्रहरीले जाहेरी

पूर्व आइजीपी दबाब प्रकरण : १० दिनपछि लियो प्रहरीले जाहेरी

त दमैको छोरालाई हामी गेमसेम खेल्न दिदैनौँ नबस्, भरे राति मेरो साथीहरु लिएर आई तेरो घरमा आगो लगाई सबै परिवारलाई खत्तम पारी दिन्छु भनेकाले म साह्रै आतंकित भइ घरमा आएर आमालाई रुँदै घटनाको बारेमा भनें


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०८१, मंगलबार

पाेखरा / वडा प्रहरी कार्यालय बगरले लिन नमानेको ज्यानमार्ने उद्योगको जाहेरी १० दिनपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीले लिएको छ । कास्कीको माछापुच्छे गाउँपालिकामा ८ ल्वाङमा जातीय विभेदसँगै रातको समयमा घर फोडी ज्यानमार्ने उदेश्यका साथ कुटपिटको घटनामा संलग्नहरु पूर्व आइजिपी हेमबहादुर गुरुङको मान्छे रहेको र वडा प्रहरी कार्यालय बगरका प्रमुख इन्स्पेक्टरसमेत प्रभावमा परेपछि जाहेरी लिन मानेका थिएनन् ।

पीडितले दिएको जाहेरीलाई नै फेरबदल गर्दै पीडकलाई संरक्षण गरेका थिए । वडाले लिन नमानेको जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीले ‘ज्यान मार्ने उद्योग’ मा जाहेरी दर्ता गराएको छ ।

सोमबार पीडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्त कुमार शर्मालाई जाहेरी दिएका थिए । सुरुमा डिएसपीले जाहेरी लिन नमानेपछि एसपी मोहनकुमार थापा (प्रमुख) लाई फोन गरेपछि एसपीले दर्ता गर्न निर्देशन दिएका थिए ।

साउन १० गते माछापुच्छे्र गाउँपालिका वडा नम्बर ८ ल्वाङस्थित बाराही आधारभूत माविको खेल मैदानमा दिउँसो भलिबल खेल्दा विशाल परियार (पीडित) र अमृत गौतमबीच सामान्य विवाद भएको थियो ।

सोही क्रममा अरुण गुरुङले अनावश्यक रुपमा विशालमाथि जातीय विभेद गर्दै मार्ने धम्की दिएका थिए । गुरुङले परियारकै अघि फोन गरेर अन्य व्यक्तिलाई समेत बोलाइ राती घरमै आइ आफूलाई मार्ने कुरा गरेको विशालको भनाइ छ ।

वडा प्रहरीले आफुहरुको जाहेरी लिन नमानेको र जिल्ला प्रहरीमा आउँदासमेत सुरुमा गेटबाटै फर्काएपनि सोमबार जाहेरी लिएकोमा खुसी लागेको बताए । वडा प्रहरी कार्यालय बगरका प्रमुखले असहयोग गर ेपनि जिल्लामा एसपीले कसैको दबाबमा आएर दोषीलाई उम्कन नदिने र जाहेरी लिने प्रतिवद्धतापछि उनीहरुले जाहेरी दिएका हुन् ।

सोमबार १९ वर्षीय विशालले माछापुच्छ्रे गाउँपालिका वडा नं ८ ल्वाङ बस्ने अरुण गुरुङ, आषिश गुरुङ, राजेश गुरुङ, अस्मिता गुरुङ र देवी गुरुङ विरुद्ध जाहेरी दिएका हुन् ।

जाहेरीमा भनेका छन्, ‘अरुण गुरुङले त दमैको छोरालाई हामी गेमसेम खेल्न दिदैनौँ नबस्, भरे राति मेरो साथीहरु लिएर आई तेरो घरमा आगो लगाई सबै परिवारलाई खत्तम पारी दिन्छु भनेकाले म साह्रै आतंकित भइ घरमा आएर आमालाई रुँदै घटनाको बारेमा भनें ।’ उक्त कुरा आवेशमा आइ भनेको भन्दै सामान्य ठाने पनि सुतिसकेपछि राति १० बजेको समयमा अरुण गुरुङको नेतृत्वमा रड, कोदालो, काठको चिर्पट, जस्ता घरेलु हात हतियार लिएर आइ झ्याल, ढोका फोडी रक्ताम्य हुनेगरी कुटपीट गरियो ।’

एसपी मोहनकुमार थापाले ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको जानकारी दिए । उनका अनुसार यसअघि अभद्र व्यवहारमा पक्राउ परेका दुई जनालाइ समेत ज्यानमार्ने उद्योगमै तानिने छ । ‘आज ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । यसअघि अभद्र व्यवहारमा पक्राउ परेकालाइसमेत यतै तान्ने छौँ,’ एसपीले भने ।

याे पनि पढ्नुस–https://dhorpatannews.com/2024/08/119461/

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->