बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सार्वजनिक ठाउँमा शौच गराए कारवाही

सार्वजनिक ठाउँमा शौच गराए कारवाही


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८१, बुधबार

प्रतिकात्मक तस्बिर
पोखरा/पोखरा २६ ले सार्वजनिक स्थल वा अर्काको गेट अगाडि कुकुरलाई शौच गराउनेहरुलाई कारवाहीको घोषणा गरेका छन् । वडाले आयोजना गरेको ४ दिने सरसफाइ अभियानको समापन गर्दै उनले सो घोषणा गरेका हुन् ।
अभियानमा ३ हजार वडाबासी सहभागी भएको र अधिकांशले ‘कुकुर आतंक’बारे गुनासो गरेको बताउँदै उनले भने,‘ वडाका सवै टोलमा पुग्दा घरमा पालेका कुकुरधनीले अरुको गेट, सार्वजनिक स्थल र बाटोमा शौच गराउने गरेको गुनासो आयो । त्यस्ता कुकुरधनीको तस्वीर खिचेर वडाको सामाजिक संजाल, इमेल वा म्यासेन्जरमा पठाइदिनुहोस्, हामी कारवाही गर्छौँ ।’ उनले कारवाही कस्तो हुन्छ भन्ने त खुलाएनन् तर असभ्य क्रियाकलाप गर्ने छुट कसैलाई नभएको बताए ।
उनले अभियानले सरसफाइप्रति चेतना बढाउन सघाएको बताए । आÇनो टोल सफा गर्ने जिम्मेवारी आफ्नै भएको सन्देश प्रवाह गर्न पनि अभियान सफल भएको उनको जिकिर छ ।
उनले अहिले वडा हालसम्म तीस करोडको विकास निर्माण भएको उल्लेख गर्दै, चालु आर्थिक वर्षमा संघ प्रदेश र महानगर एवं वडाबाट गरेर २० करोड बजेट विनियोजन भएको जानकारी पनि गराए । सीमितश्रोत र साधनले एकै पटकमा जनचाहना अनुरुपको विकास नहुने उल्लेख गर्दैअध्यक्ष थापाले अबको बजेट पहाडी भाग लक्षित हुुने जानकारी दिए । सफाइ अभियानअन्तर्गत तीन सय थान डष्टबिन बितरण पनि गरिएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, तीर्थबहादुर राजभाट र सुदीपराज ढुंगाना, वडा सचिव लिलामणि भण्डारी, सूचना अधिकारी नवराज सापकोटा, प्रदेश खेलकुद बिकास समितिका सल्लाहकार ओमराज बस्नेत, संचारकर्मी सौगात पोखरेललगायतले अभियानका विषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->