बागलुङ/जिल्लाको बडिगाड गाउँपालिका वडा नं. १० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा बेपत्ता भएका ३ वर्षिय आरुष थापाको शव फेला परेको छ । पहिरोमा बेपत्ता ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापाको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।
यस्तै, पहिरोमा परी गम्भीर घाइते भएका १९ वर्षिय रिमा पुन, ३१ वर्षिय सिता थापा र ४६ वर्षिय संगीता बुढालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँस्थित शिक्षण अस्पतालमा लगिएको छ ।
स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पु¥याउन सकिएको थिएन । अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको छ ।





