बागलुङ/गुठी युवा क्लब बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ बजारमा दुई दिने तेस्रो तीज मेला गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ को कार्यालयको सह–आयोजना रहने मेला भदौ २० र २१ गते गरिने क्लब सचिव सुवास रुचाल बताए ।
मेलामा अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता, घैटोफोर, स्लो बाइक रेश प्रतियोगिता र महिला समुहद्वारा मौलिक तीज गीत प्रदर्शन हुने सचिव रुचालले जानकारी दिए । बागलुङ नगरपालिका ३ गुठी चिप्लेटी बसपार्कको प्राङगणमा आयोजना गरिएको कार्यक्रममा महिला दिदिबहिनी सम्मान, राष्ट्रिय तथा स्थानिय कलाकार सांगीतिक प्रस्तुति रहने छ ।





