बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८१, बुधबार

काठमाडौं / नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए ।

शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा  भएको दुर्घटनामा  क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । अहिले सुरक्षाकर्मीको टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए । हेलिकप्टरमा पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् । ज्यान गुमाउने चिनियाँ नागरिकमा जुतड ताङ, जेइली, सीयाद वी र जीक्वीङ सी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->