बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्थलमार्ग हुँदै नेपाल आएको ३ दिनमै ज्यान गुमाए चिनियाँ पर्यटकले

स्थलमार्ग हुँदै नेपाल आएको ३ दिनमै ज्यान गुमाए चिनियाँ पर्यटकले


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८१, बुधबार

काठमाडौं / एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चिनियाँ पर्यटकहरू स्थलमार्ग हुदै तीन दिनअघि मात्रै नेपाल आएका थिए ।

साउन २१ गते सोमबार विहान ९ बजे उनीहरू स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका हुन्।

चारै जना चिनियाँ पर्यटक रसुवाको केरुङ नाका हुँदै नेपाल प्रवेश गरेका थिए। बहुप्रवेशसी भिसामा नेपाल आएका उनीहरूले तेस्रो दिनमै ज्यान गुमाएका छन्।

बुधबार विहान उनीहरू एयर डाइनेस्टीको हेलिकोप्टरबाट काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेका थिए। उडेको तीन मिनेटमै हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो।

दुर्घटनामा चिनियाँ पर्यटक ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीया महिला वु यीयाओले ज्यान गुमएका हुन्। मृतकमध्ये तीन पुरुष सिचुवान प्रान्तका हुन् भने महिला ग्वान्झाउकी हुन्।

नाइएन-एजेडी कलसाइन हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। दुर्घटनामा क्याप्टेन मल्लाको पनि मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->