पोखरा/पोखरा महानगरपालिका २५ हेम्जामा बुधबार दु्रत गति मापनमा सरकारी कार कारवाहिमा प¥यो । जिल्ला प्रशासन कार्यालय चितवनबाट आएको बताउने बागमती प्रदेश बी.एसी ३७०६ नम्बरको सरकारी कार पोखराबाट पर्वततर्फ जाँदै गर्दा ओभरस्पिडको कारण कारवाहिमा प¥यो । याम्दीपुलदेखी घट्टेखोलासम्मको सडक ठूलो छ । पोखरा बागलुङ राजमार्गको त्यो सडकको स्पिड लिमिट ६० किलोमिटर प्रतिघण्टा हो । तर, फराकिलो सडक भएकाले त्यहाँ तिब्र गतिमा सवारी हुइक्याइन्छ ।
राडर गन (सवारीको गति मापन गर्ने यन्त्र) सहित वडा प्रहरी कार्यालय बगरमा रहेको ट्राफीक प्रहरीको टोलीले हरेक दिन हेम्जाको सडकमा गति मापन गर्छ हरेक दिन २० भन्दाबढी सवारी कारवाहिमा समेत पर्ने गरेका छन् । पहिलो पटक सवारी कारवाहिमा पर्दा पाँच सय रुपैयाँ तिर्नुपर्छ पटक–पटक परे बढ्दै जान्छ । सवारीको गति मापनमा खटिएका वडा प्रहरी कार्यालय बगरमा कार्यरत प्रहरी हवल्दा भविन्द्र थापाले हरेक दिन २० देखी ३० वटासम्म सवारी कारवाहिमा परेको बताए ।
सवारी दुर्घटना न्युनिकरण गर्नका लागि आफुहरुले तिव्रगति मापन दैनिक गर्दै आइरहेको बताए । सवारी चालकले गति सिमित नगर्दा धेरै दुघैटना हुँदै आइरहेको उनको भनाइ छ । हेम्जा क्षेत्रमा हरेक वर्ष सवारी दुर्घटना हुँदा मानविय क्षति समेत हुँदै आइरहेको छ । नेपालमा हुने सवारी दुर्घटनामा अधिकांश चालकको लापरवाहि र तिव्र गतिनै हुने गरेका छन् ।
नेपाल प्रहरीको त्रैमासिक कार्य प्रगति विवरण २०८११ बैशाख १ देखी साउन ३१ गतेसम्म एक सय २४ सवारी दुर्घटना हुँदा २७ जनाले ज्यान गुमाएका छन् । जसमा महिला ६ जना र पुरुष २१ जना रहेको छन् । यस्तै घाइतको संख्या ५९ रहेको छ जसमा ४४ पुरुष र १५ महिला रहेका छन् । ८ जना बालबालिका समेत घाइते छन् । त्यसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधन मोटरसाइकल रहेको छ । तीन महिनामा गण्डकीमा ६७ वटा मोटरसाइकल दुर्घटा भएका हुन् । जिप÷कार १५ र बस १२ वटा रहेका छन् । यी मध्ये अधिकांश दुर्घटनाको कारण तिब्र गति हो ।
थापाले हेम्जामा गति सिमितका बोर्डहरु ठाउँठाउँमा राख्दा समेत चालकले नदेखेको बताउने गरेको सुनाए । उनका अनुसार ६० किमीको गतिभन्दा माथि चलाउन नपाउने उनको भनाइ छ । ‘६० भन्दामाथि कुदाउ हुँदैन । यसले मानविय क्षति हुने गरेको छ । स्पिड चलाउनै पर्छ भन्ने छैन् । स्पिड चलाउँदा कहिले काही ब्रेक नलाग्न सक्छ वा स्टेरिङले काम नगर्न सक्छ’ उनले भने, ‘दैनिक २० भन्दा बढी सवारी कारवाहिमा परिरहेका छन् । विशेषगरी मोटरसाइकल र निजी चारपांग्रे सवारी बढी कुदेको पाउँछौ । त्यसपछि बलेरो, स्कोरपियो लगायतका सवारी छन् ।’ ट्राफीक नियमको उल्लंघन हुँदा ट्राफीकलाई नभइ स्वयम् चालक र यात्रुलाइ नै हानी नोक्सानी गर्छ ।





