मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बडिगाड पहिरोमा मृतक संख्या ११ पुग्यो

बडिगाड पहिरोमा मृतक संख्या ११ पुग्यो

घटनामा अझै ११ वर्षका एक बालक बेपत्ता छन् ।


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०८१, बिहिबार

बागलुङ/बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा खसेको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिहिबार दुई जना, बुधबार १ र मंगलबार ८ गरी ११ जनाको शव पहिरोबाट निकालिएको प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए ।
अबिरल बर्षातका कारण बागलुङको बडिगाडमा वडा नं. ९ को बलघास र वडा नं. १० को आरुपाटामा पहिरो खसेको थियो । घटनामा अझै ११ वर्षका एक बालक बेपत्ता छन् । बिहिबार दिउँसो ७ वर्षिय मधु बुढा र १० वर्षियका मनोज बुढाको शव घटनास्थलबाट उत्खनन् गरेर निकालिएको थियो ।
तीन दिनदेखि घटनास्थलमा खोजीकार्य भैरहेको छ । बडिगाड गाउँपालिका वडा नं. १० आरुपाटामा खसेको पहिरोमा स्थानीय जोगबहादुर बुढाको घरसहित ३ वटा र वडा नं. ९ को बलघासमा २ गरी ५ घर भत्केका छन् । उक्त घटनामा घरधनी बुढासहित उनका परिवार र आश्रय लिन आएका छिमेकीको पनि मृत्यु भएको हो ।
मंगलबार पुगेको टोलीले खोजी गर्न नसकेपछि बुधबार नेपाली सेनाको श्रीमेहर गण, सशष्त्र प्रहरी बल र प्रहरीको थप टोली अझै घटनास्थलमा परिचालन भैरहेको छ । पहिरोमा गम्भिर घाइतेमध्ये ३ जनालाई उपचारका लािग काठमाण्डौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->