बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्की कारागारका महिला कैदीलाई नेपाल प्रहरी श्रीमती संघ गण्डकीको राहत

कास्की कारागारका महिला कैदीलाई नेपाल प्रहरी श्रीमती संघ गण्डकीको राहत


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०८१, बिहिबार

पोखरा/ नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको ४० औं वार्षीकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले ‘सेवा नै धर्म हो’ भन्ने मूल उद्धेश्यका साथ जिल्ला कारागार कास्कीमा राहत बितरण गरेको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको प्रमुख आतिथ्यता र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा जिल्ला कारागार कास्कीमा रहेका महिला कैदीहरुलाई अत्यावश्यक रहेका जिन्सी सामानहरु( कम्बोर्ड सेट, स्ट्याण्ड फ्यान, बल्ब, होल्डर, तार र सेनेटरी प्याड लगायतका सामग्रीहरु सहयोग गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिंहले अत्यावश्यक बस्तुहरुको मुल्य थोरै भएपनि महत्व धेरै रहने र तिनै अत्यावाश्यक बस्तुहरुले क्षमता भन्दा धेरै संख्यामा बस्नु परेका महिला कैदीहरुको बसाई सहज बनाउने अपेक्षा रहेको बताइन ।

कार्यक्रमको अवसरमा जिल्ला कारागार कास्कीका प्रशासकिय प्रमुख राजेन्द्र शर्माले नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अन्य संघ संस्थाहरुबाट समेत सहयोगको अपेक्षा रहेको बताए ।
२० महिला कैदीको क्षमता रहेको कास्की कारागारमा अहिले ५२ जना महिला कैदी रहेका छन । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त शर्मा र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम पश्चात गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले कास्की कारागारको सम्पुर्ण सुरक्षा अवस्थाको निरीक्षण समेत गरेकी थिइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->