बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराको सहरी योजना आयोगका उपाध्यक्ष र २ सदस्यले दिए राजीनामा

पोखराको सहरी योजना आयोगका उपाध्यक्ष र २ सदस्यले दिए राजीनामा


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०८१, शुक्रबार
फाइल तस्विर

पोखरा/ पोखरा महानगरपालिकाद्वारा गठित सहरी योजना आयोग पोखराका उपाध्यक्ष र २ सदस्यले राजीनामा दिएका छन् । कर्मचारी र जनप्रतिनिधिका कारण काम गर्ने वातावरण नभएको भन्दै उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यद्वय डा. होमनाथ गैरे र जयप्रसाद सापकोटाले आयोगको अध्यक्ष समेत रहेका मेयर धनराज आचार्यलाई राजीनामा बुझाएका हुन् । आयोग ५ सदस्यीय थियो । सदस्यहरु सुरेन्द्रबाबु तिवारी र मन्दिरा पराजुली भने कार्यरत छन ।
उपाध्यक्ष लामिछानेले नियुक्त हुने बेला बनाइएको कार्ययोजना अनुसार काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको बताए । पूर्व प्रजिअ समेत रहेका लामिछाने गत असार १३ गते उपाध्यक्षमा नियुक्त भएका थिए । नियुक्तिपछि उपाध्यक्ष लामिछानेसहितको टोलीले ३३ बुँदे कार्ययोजना बनाएको र त्यस अनुसार काम गर्न नसकेपछि राजीनामा दिएको लामिछानेले बताए ।

मेयर आचार्यले महानगरको दोस्रो पञ्चवर्षीय योजना र मध्यमकालीन खर्च संरचनाको काम सकेर मात्र बाहिरन भन्दै राजीनामा भने स्विकृत भने गरेका छैनन । आयोगकै टोलीले पोखरा महानगरको संगठन तथा व्यवस्थापन सर्वेक्षण पनि तयार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->