मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

केसीको उपचारमा ५३ लाख सहयोग हस्तान्तरण

केसीको उपचारमा ५३ लाख सहयोग हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०८१, शुक्रबार

तस्बिर : अर्जुन कार्की
बागलुङ/सामाजिक क्षेत्रमा क्रियाशिल युवा राजु केसीको उपचारका लािग गठन भएको सहयोग समितिले शुक्रबार ५३ लाख ३१ हजार ७ सय ७९ रुपैयाँ रकम परिवारका सदस्यलाई हस्तान्तरण गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा समितिका संयोजक जगदिशचन्द्र उपाध्याय, सदस्यहरु केवी रानामगर, रामप्रसाद उपाध्याय, लक्ष्मी बाँस्कोटा र रुद्रबहादुर महतले पीडित राजु केसीका बाबु रामबहादुर केसीलाई चेक हस्तान्तरण गरेका हुन् ।
पीडित राजु केसी ब्रेन क्यान्सरको समसयाले अस्पतालमा उपचाररत छन् । परिवारका सदस्यले यसअघि नै धेरै रकम खर्चेर उपचार गराएका थिए । दुइ वर्ष अघिदेखिनै उनलाई उक्त रोगको संक्रमण शुरु भएको थियो । परिवारका सदस्यले झण्डै डेढ करोड रुपैयाँ खर्चेपछि पनि निको नभएकोले सहयोगको लागि याचना गरेका थिए । सामाजिक संजालमा राजुकी पत्नि उषा र अभियानको भेलामा बाबु रामबहादुर केसीले सहयोगको याचना गरेपछि सहयोग समिति बनेको थियो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा रहेर काम गरेका केसीले सहकारी अभियान, जेसीज, लायन्ससहित सामाजिक धेरै संस्थामा पनि काम गरेका थिए । उनले अहिलेसम्म आफ्नो र परिवारको लागि केही नमागी समाजका लागि काम गरेकोले उसलाई अप्ठ्यारो पर्दा सहयोगको काममा अगाडि बढेकोमा उक्त रकम उठेपछि समितिले सहयोग बन्द गरेको समेत जानकारी दिएको हो ।
कार्यक्रममा संयोजक उपाध्याय, केवी राना, लक्ष्मी बास्कोटा, रुद्र महत र पीडितका बाबु रामबहादुर केसीले बोलेका थिए । कार्यक्रम अभियानका सदस्य तेजप्रसाद शर्माले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->