पोखरा/पोखराका पर्यटन व्यवसायीहरुले पोखरा प्रवद्र्धनका लागि भुटानको भ्रमण गरेका छन् । पाँचदिने भ्रमणको चाँजोपाँजो ट्रेकिङ्ग एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीले मिलाएको हो भने । सो अभियानलाई भुटानस्थित अमिन भुटान टुर्स एण्ड टे«ेक्स प्रालिले सहजीकरण गरेको थियो ।
भ्रमणलाई पोखरा महानगरपालिका सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन गरेको थियो । टानका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार सो परिचयात्मक भ्रमणमा पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ , टान गण्डकीका कार्यसमिति सदस्यहरु तथा टान गण्डकीमा आवद्ध ट्रेकिङ कम्पनीका संचालकहरुसहित १५ जनाको सहभागिता थियो ।
भुटान भ्रमणको क्रममा भुटानको पर्यटनमन्त्री दीनानाथ ढ्ुंङ्गेल, सांसद लाक्पा तामाङ तथा भुटान पर्यटन बिभागका निर्देशक डाम्योरिम्जीमसहितको उच्च स्तरीय व्यक्तित्वहरुसँग भेटवार्ता गरिएको पनि उनले बताए ।

अमिन भुटानले आयोजना गरेको एक कार्यक्रममा टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले पोखर र सिंगो नेपालको पर्यटनका बारेमा प्रकास पार्दै भुटानसँग गुणस्तरीय पर्यटक आदान–प्रदानमा सहकार्यको प्रस्ताव राखे । उनले भुटानको हवाइमार्गसँग सोझै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जोड्न सके त्यसले दुवै देशलाई फाइदा हुने पनि बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष श्री पोमनारायण श्रेष्ठले पोखरा तथा नेपालकै आन्तरिक पर्यटकहरु भुटान आउन आतुर भएको साथै नेपाल घुम्न आएका बाह्य पर्यटकहरुलाई पनि भुटान पठाउन सहजता प्रदान गर्न पारो– पोखरा सिधा उडान हुनुपर्नेमा जोड दिए । भुटानका परराष्ट्रमन्त्री दीनानाथ ढुंङेगले आगामी दिनहरुमा टान गण्डकीसँग मिलेर पर्यटकीय क्षेत्रमा नेपालमा सहयोग पु¥याउने बताए ।





