मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘लायन्स डे’मा कानूनी सचेतना

‘लायन्स डे’मा कानूनी सचेतना


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८१, शनिबार

बागलुङ/लायन्स डे को अबसरमा लायन्स क्लब म्यारीगोल्डको आयोजना र लियो क्लब अफ पिस टाउनको सह–आयोजनामा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार बागलुङको धवलागिरि बीरेन्द्र माबिमा आयोजित कार्यक्रममा अधिवक्ता तथा उच्च अदालत बार एसोसिएन बागलुङका सचिव उमाशंकर सापकोटाले साइवर क्राइम र अभिवक्ता संजिव कुमार श्रेष्ठले लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कक्षा संचालन गरेका थिए । कार्यक्रममा ४५ जना बिद्यार्थी तथा शिक्षकहरुको सहभागिता थियो ।
पछिल्लो समय कानूनी सचेतना नभएकोले बिद्यालय पढ्ने बिद्यार्थीबाटै साइवर क्राइमका घटना भएको र थाहा नपाएरै कानूनी झन्झटमा फस्ने गरेको पाएपछि क्लबले यो अभियान चलाएको लायन्स क्लब अफ म्यारीगोल्डका अध्यक्ष यशोधा शर्माले जानकारी दिइन् ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक भूमिराज गौमले बिद्यार्थीलाई दिइएको कानूनी सचेतना फलदायी भएको बताए । पछिल्लो समय जिल्ला प्रहरीको तथ्यांकमा पनि साइवर क्राइमका घटना बढी छन् । अदालतमा परेका मुद्दा र कारागारमा पुग्दा पनि साइवर संग जोडिएका मुद्दामा जेल परेकाहरु धेरै देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->