बागलुङ/गोठ भत्किंदा जिल्लाको जैमिनी नगरपालिकाको कुश्मीसेरामा पशुचौपाया मरेका छन् ।
शनिबार राती अन्दाजी दुई बजेको समयमा गोठ भत्किंदा जैमिनी नगरपालिका वडा नं. १ कुश्मीसेराका छबिराम रेग्मीको ढुंगा माटोले बनेको टिनले छाएको दुईतले गोठ भत्किंदा एक भैसी र एक गोरु मरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सोही ठाउँका राम प्रसाद शर्माले उक्त गोठ भाडा लिएर गाईभैसी पाल्दै आएक थिए । गोठ भत्किँदा भागेर शर्माकी १७ वर्षिय मञ्जु शर्माले ज्यान बचाएकी छन् । भाग्ने क्रममा शर्माको टाउकोमा सामान्य चोत लागेको जिप्रका बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । उनी कश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार घर फर्किएकी छन् ।





