बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

खौलालाँकुरी पोखरा सम्पर्क समाजको रक्तदानमा ४६ युनिट रगत संकलन

खौलालाँकुरी पोखरा सम्पर्क समाजको रक्तदानमा ४६ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८१, शनिबार

पोखरा/ खौलालाँकुरी पोखरा सम्पर्क समाज पोखराद्वारा शनिवार आयोजित रक्तदान कार्यक्रममा ४६ युुनिट रगत संकलन भएको छ । संस्था स्थापनाको छैंठौं वर्ष प्रवेशको अवसरमा समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले संस्था आफ्नो वडामा जन्मिएको बताउँदै संस्थालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले समाजले गरेका कामहरुको प्रशंसा पनि गरे । साथै आगामी दिनहरुमा पनि रचनात्मक गतिविधिलाई निरन्तरता दिन सुझाए । कार्यक्रममा प्राविधिक सहयोग रहेको नेपाल रेडक्रस सोसाईटी कास्की, प्रादेशिक रक्तसंचार सेवाका प्रमुख अर्जुन ज्ञवालीले रक्तदानको महत्ववारे प्रष्टाएका थिए । यसैगरी संस्थाका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्री, पूर्व अध्यक्ष धर्मबहादुर केसी, सल्लाहकार दुर्गाराज सुवेदी, पूर्व सल्लाहकारद्वय खड्कबहादुर पौडेल क्षेत्री र हर्कबहादुर कार्की क्षेत्रीले पनि शुभकामना मन्तव्य राखेका थिए ।

सम्पर्क समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १३ अर्थात् साविक खौलालाँकुरी गाउँ बिकास समितिमा जन्मेर पोखरामा स्थायी वा अस्थायी रुपमा विभिन्न पेशा व्यवसायमा संलग्न रही बसोबास गर्दै आएकाहरुको संस्था हो । २०७६ साल साउन २६ गतेका दिन कास्की जिल्ला प्रशासन कार्यालयमा समाज एक गैरनाफामुलक संस्थाको रुपमा दर्ता भएको र सोही दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको समाजका बरिष्ठ उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक लालप्रसाद शर्माले बताए । उनले कार्यक्रममा स्वागत गर्दै संस्था गठनदेखि हालसम्म भए गरेका गतिविधिको जानकारी गराएका थिए । कार्यक्रमको अध्यक्षता गरेका समाजका अध्यक्ष पिताम्बर पौडेलले सम्पूर्ण रक्तदाता र कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुराउने सम्पूर्णलाई धन्यवाद दिदैं आगामी दिनमा पनि रक्तदानलगायत विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गरिरहने प्रतिवद्धता जनाए । समाजका सचिव प्रेम सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->