बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कार्यालय सहयोगीबाट वडाध्यक्ष बनेका चन्द्रबहादुर चुनावको ऋण तिर्न विदेश गए

कार्यालय सहयोगीबाट वडाध्यक्ष बनेका चन्द्रबहादुर चुनावको ऋण तिर्न विदेश गए


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८१, शनिबार

काठमाडौं  / दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन् । २०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ आर्थिक संकट धान्न नसकेपछि रोजगारीकालागि बेलायत गएको उनकी श्रीमती संगिता गुरुङले जानकारी दिइन ।

गुरुङ यहीँ साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन् । उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए । कार्यालय सहयोगी आफ्नै वडाको अध्यक्षमा निर्वाचित भएपछि उनको चर्चा देशभर चुलिएको थियो ।

करिब ४० लाख ऋण भएकाले ऋण तिर्नका लागि श्रीमान् बेलायत गएको उनकी श्रीमती सङ्गीताले बताइन् । ‘करिब ४० लाख ऋण छ । वडा अध्यक्षको पदले ऋण तिर्दैन,’ सङ्गीताले भनिन् ‘ऋण तिर्न विदेश जानुभएको हो ।’

वडा अध्यक्ष गुरुङका दुई छोरा र एक श्रीमती छन् । जेठा छोरा कक्षा १२ र कान्छो छोरा ८ कक्षा मा अध्ययनरत छन् । वडा अध्यक्ष गुरुङले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->