मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘कानून व्यवसायी अदालतको आँखा’

‘कानून व्यवसायी अदालतको आँखा’

बार काउन्सिल दिवश मनाइयो


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०८१, आइतबार

बागलुङ/नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) को ३१ औं स्थापना दिवश बागलुङमा पनि मनाइएको छ । उच्च अदालत बार एशोसिएसन बागलुङको आयोजनामा दिवश मनाइएको हो ।
२०५० सालमा आएको कानून व्यवसायी परिषद ऐनलाई कार्यान्वयन गर्न शुरु भएको दिनलाई दिवशको रुपमा मनाउने गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै उच्च अदालत बागलुङका वरिष्ठतम न्यायाधिस नातिबाबु लामिछानेले कानून व्यवसायी अदालतको आँखा भएको बताए । उनले आँखालाई स्वतन्त्र हेर्न र विश्लेषण गर्न दिँदा अदालतले न्याय दिन सक्ने बताए । उनले न्याय क्षेत्रलाई व्यवस्थित बनाउन पनि काउन्सिलले योगदान गरेको जानकारी दिए । काउन्सिलले कानून व्यवसायीको परीक्षा लिने, सूचिकरण गर्ने र गुणस्तरीयता मापन गर्ने काम गर्छ ।
आचारसंहिता विपरित काम गर्ने कानून व्यवसायीलाई प्रमाणपत्र रद्द गर्ने अधिकार पनि काउन्सिलले राखेको छ । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेले न्याय क्षेत्रमा काम गर्नेहरुले बार काउन्सिलको मर्यादा राख्न सक्नुपर्ने बताए । उनले अनुशासन र अध्ययनशिलता नै काउन्सिलको प्रमुख ध्येय भएको भन्दै त्रुटी भएपनि सच्याएर जाने अभ्यासले कानून व्यवसायीहरुको क्षमतामा निखारता आउने बताए ।
उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष रमेश खड्काको अध्यक्षता, सचिव उमाशंकर सापकोटाको संचालन र उपाध्यक्ष हरिकृष्ण सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधिस रमेशकान्त अधिकारी, उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता गोपाल ढकाल, बारका पूर्व अध्यक्ष राम शर्मा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->