बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

गण्डकीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८१, सोमबार

पोखरा / देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । सातवटै प्रदेशमा साधारणतया बदली रहँदा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कोसी, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । गण्डकी, कोसी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->