बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिटी क्लबको पहिलो रक्तदानमा १ सय ४ युनिट संकलन

बिटी क्लबको पहिलो रक्तदानमा १ सय ४ युनिट संकलन


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८१, सोमबार

पोखरा/ पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब (बिटी) ले साेमबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४ युनिट संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा  क्लबले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष अशिम थापाले जानकारी दिए ।

पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए ।  उनका अनुसार क्लबका सदस्यहरु, पोखरा महानगरपालिका १ बगरका स्थानीय तथा भर्ती प्रशिक्षण केन्द्रका प्रशिक्षार्थी लगायतले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पोखरा १ का वडाध्यक्ष शाहरा प्रधानले सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले क्लबको सकारात्मक र रचनात्मक कार्यमा वडा कार्यालय सधै सहयोेग गर्न तत्पर रहेको धारणा राखेका थिए । क्लबले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्धारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा, पोखराले प्राविधिक सहयोग गरेको थियो । खेलकुदको क्षेत्रमा सेभेन ए साइड फुटबल प्रतियोगिता गर्दै आएको क्लबले सामाजिक क्षेत्रमासमेत काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->