बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

समितिले गर्दैछ नौलो अभ्यासः जेलबाट झिकाएर कैदीबन्दीसँग सोधपुछ

समितिले गर्दैछ नौलो अभ्यासः जेलबाट झिकाएर कैदीबन्दीसँग सोधपुछ


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८१, सोमबार

काठमाडौं / सहकारीको रकम अपचालनबारे छानबिन गरिरहेको संसदीय विशेष समितिले धमाधम कैदीबन्दीहरूसँग सोधपुछ गरेको छ । संसदीय विशेष समितिकी सचिव बबिता मिश्रका अनुसार विभिन्न सहकारीमा आबद्ध रहेका उनीहरूलाई जेलबाट झिकाएर सोधपुछ गरिएको हो ।

शनिबार चार जना कैदीबन्दीलाई समितिको सिंहदरबारस्थित कार्यालयमा झिकाइएको थियो । आज सोमबार सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हिमालय विक्रम मल्ल ठकुरीलाई डिल्लीबजार कारागारमा झिकाएर सोधपुछ गरिएको हो ।

विशेष समितिका सभापति सूर्य थापाका अनुसार २५०/३०० व्यक्ति सहकारी ठगीमा थुनामा छन् । ८०० भन्दा बढी फरार छन् । ११ सय भन्दा बढीमाथि सहकारी ठगीको मुद्दा लागेको छ । यसमध्ये प्रतिनिधि पात्रका रुपमा सीमित व्यक्तिसँग सोधपुछ लिने तय भएको थापाले जानकारी दिए ।

संसद् सचिवालयका पूर्व महासचिव मनोहरप्रसाद भट्टराई पनि कैदीबन्दीसँग संसदीय समितिले सोधपुछ गरेर नौलो अभ्यास गरेको बताउँछन् । भन्छन्, ‘कैदीबन्दीलाई संसदीय समितिमा ल्याएर बयान लिएको पहिले सुनिएको थिएन । यो परम्परामा नभएकै अभ्यास हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->