पोखरा/पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ ।
एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट हिँडेको टोली बिहार प्रदेश, पश्चिमा बंगाल, भारखण्ड, उडीसा, तमिलनाडु हुँदै कन्याकुमारी पुगेको टोलीका सदस्य ठाकुर बरालले जानकारी दिए । उनीहरुल अहिले सम्म ४५ सय किलोमिटरका यात्रा पूरा गरिसकेका छन् ।
भ्रमणका क्रममा स्थानीय जिवनशैली, रितिरिवाज, पर्यटन व्यवसायीसँग छलफल गरेको टोलीका संयोजक योगश भट्टराईले जानकारी दिए । टोली १९ जना रहेका छन् ।





