बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्सको शाखा अब पोखरामा

एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्सको शाखा अब पोखरामा


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८१, मंगलबार

पोखरा/एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रालिले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गरेको छ ।
विस्तारित शाखाको आइतबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातयातमन्त्री राजीव गुरुङ र कम्पनी प्रबन्ध निर्देशक तुषार गुप्ताले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् । पोखराको बुद्धचोकस्थित शोरुमको उद्घाटन गर्दै मन्त्री गुरुङले अबको भविष्य भनेकै इलेक्ट्रिक सवारी साधनको भएको बताए ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रवन्ध निर्देशक तुषार गुप्ताले कम्पनीको तर्फबाट ग्राहकलाई सेवा दिन देशका कुना–कुनामा सेवा विस्तार भइरहेको बताए । उनले कम्पनीको तर्फबाट ग्राहकवर्गमा कुनै गुनासो आउन नदिनेतर्फ सचेत रहेको बताउँदै ढुक्क भएर सवारी खरिद गर्न अनुरोध गरे ।
कम्पनीका बारेमा जानकारी दिँदै सेल्स प्रमुख नविन आचार्यले भविष्यको आवश्यकतालाई मध्यनजर गर्दै आफूहरुले विद्युतीय सवारी साधनहरु नेपाल भित्र्याएको बताए । चीनको उत्कृष्ट व्यावसायिक सवारी निर्माता कम्पनी फेटोन र सोकोन ब्राण्डका यात्रुवाहक, स्कुल र भारी बोक्ने विभिन्न मोडलका इभी सवारीहरु पोखरा शोरुममा उपलब्ध रहेको उनको भनाइ छ । कम्पनीले सवारी विक्रीमात्र नभई बिक्री भइसकेपछि पनि दिइरहेको सेवाबाट आफ्ना ग्राहकवर्ग सन्तुष्ट रहेकोपनि उनले दाबी गरे ।
यस्तै, कम्पनीका सर्भिस प्रमुख जयन्त बस्नेतले झण्डै ६ दशक समयदेखि ग्राहक वर्गको मन जित्न सफल कम्पनीले फोटोन र सोकोन ब्राण्डको सवारीको आधिकारिक बिक्रेतासँगै सीएएलटी ब्याट्री र यसको स्प्येर्स पार्टस्को आधिकारीक सेवा एजेन्टका रुपमा सेवा प्रदान गरिरहेको जानकारी दिए ।
कार्यक्रममा अब पोखरा शाखा प्रमुख किरण ओझाले अब कम्पनीका गाडी किन्नकै लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले बुद्धचोकस्थित सुविधासम्पन्न अत्याधुनिक शोरुमबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिने बताए । हाल शोरुममा फेटोन र सेकोन ब्राण्डका हाइरुफ इभी भ्यान, टुनल्याण्ड, ईसीथ्रिसिक्स भ्यानलगायतका ब्राण्डहरु उपलब्ध रहेको जानकारी दिए । उनका अनुसार शोरुममा ११ देखि १६ सिटसम्मका ईभीहरु उपलब्ध छन् ।
कार्यक्रममा स्याङ्जा पोखरा गण्डकी यातायात प्रा.लि.का अध्यक्ष एवं लोकतान्त्रिक यातायात व्यवासयीक संघका केन्द्रिय सचिव भानुभक्त बरालले यातायात व्यसायीलाई कम्पनीको आधिकारिक शोरुम पोखरामामै सञ्चालन आउनु खुसीको कुरा भएको धारण व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->