बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कोड फर चेन्ज र पोखरा इन्टरनेटबीच सहकार्य

कोड फर चेन्ज र पोखरा इन्टरनेटबीच सहकार्य


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८१, मंगलबार

पोखरा/पोखरा क्षेत्रका आइटी विद्यार्थीहरूको सीप र अवसरहरू वृद्धि गर्ने उद्देश्यले कोड फर चेन्ज पोखरा र पोखरा इन्टरनेट प्रालिबीच महत्वपूर्ण साझेदारी भएको छ । कोड फर चेन्ज पोखराका दर्शन केसी र पोखरा इन्टरनेटका विष्णु बास्तोलाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
गएको साउन २४ गते भएको समझदारी अनुसार विद्यार्थीहरूलाई आवश्यक सीपहरू सिक्न, सञ्जाल निर्माण गर्न, र भविष्यका करियरका लागि तयार हुन पोखरा इन्टरनेटले सहयोगी वातावरण प्रदान गर्नेछ।
यस साझेदारीले आईटी विद्यार्थीहरूलाई ह्याकाथन, कार्यशाला, र बुटक्याम्पहरूमा सहभागी गराएर उनीहरूको व्यवहारिक सीपहरू विकास गर्ने अवसर उपलब्ध गराउनेछ। पोखरा इन्टरनेट प्रा. लि. ले यी कार्यक्रमहरूमा भरपर्दो इन्टरनेट कनेक्टिविटी प्रदान गर्ने र कोड फर चेन्ज पोखरासँग आबद्ध विद्यार्थीहरूलाई इन्टर्नसीप तथा रोजगारका अवसरहरू उपलब्ध गराउने इन्टरनेटका मार्केटिङ अफिसर बास्तोलाले बताए ।
यसले पोखरालाई प्रविधि र नवप्रवर्तनको क्षेत्रीय केन्द्रको रूपमा स्थापित गर्न सहयोग पु¥याउने उनीहरुको जिकिर छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->