बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पोखराबाट विरामी लगेर उडेको हेलिकोप्टर धादिङमा आपतकालीन अवतरण

पोखराबाट विरामी लगेर उडेको हेलिकोप्टर धादिङमा आपतकालीन अवतरण


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८१, मंगलबार

पोखरा / पोखराबाट बिरामी बोकेर उडेको हेलिकप्टर धादिङमा आपतकालील अवतरण गरिएको छ । खराब मौसमका कारण कैलाश हेलिकप्टरको आकस्मिक अवतरण गरिएको हो ।

धादिङ जिल्ला प्रहरी कार्यालयका एसपी गौतमकुमार केसीले पोखराबाट बिरामी लिएर काठमाडौं आएको हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका-५ मा आपतकालीन आवतरण भएको बताए ।

बिरामी तिलकप्रसाद पराजुली सहित ५ जना यात्रु ल्याएको हेलिकप्टर आठकिलो भन्ने स्थानको धान खेतमा सुरक्षित अवतरण गरेको हो।

उनले भने, ‘खराब मौसमका कारण पोखराबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर थाक्रेमा आपतकालीन अवतरण गरेको हो । यात्रु, पाइलट र हेलिकप्टर सुरक्षित छन् । बिरामीलाई एम्बुलेन्समार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ ।’

अहिले बाक्लो हुसु लागेकाले २०० मिटरभन्दा टाढा देखिने अवस्था नरहेको केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->