बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्यटन विकासमा हाइकिङको योगदानबारे चर्चा

पर्यटन विकासमा हाइकिङको योगदानबारे चर्चा


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०८१, बुधबार

पोखरा/हाइकर्स क्लब नेपालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २३ को सहकार्यमा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा परिचर्चा कार्यक्रम तथा हाइकिङ भाग ५० शनिबार पोखरा २३ बाम्दीदेखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरी सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पर्यटन र स्वास्थ्यको लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रमले आन्तरिक पर्यटनमा ठूलो योगदान गरेको वताउँदै पोखरा २३ वडामा हाइकिङ समूह आउँदा यहाँका वासिन्दामा हौसला बढ्ने, उत्पादित कृषि तथा पशुको खपत बढ्ने बताएका थिए ।
सो अवसरमा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एव् भिटोफ गण्डकीका संस्थापक अध्यक्ष पर्यटन व्यवसायी तारानाथ पहारीले फाट्टफुट्ट आकलझुकल हाइकिङ हुने गरको भएता निरन्तरको हाइकिङले अभियानको रुप लिएको बताए ।
हाइकर्स क्लबका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्योति हमालले र संचालन सचिव मधु अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->