बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लेकसाइडमा फिल्मी शैलीमा लुटपाट, पाँच पक्राउ

लेकसाइडमा फिल्मी शैलीमा लुटपाट, पाँच पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०८१, बुधबार
??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

पोखरा/पोखराको लेकसाइडमा फिल्मी शैलीमा महिलालाई लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो करिब २ बजेको समयमा पोखरा ६ लेकसाइडमा २० वर्षीय एक महिलालाई चक्कु घाँटीमा राखी दुई तोला सुन १२ हजार रुपैयाँ र लेदरको ज्याकेट लुटिटएको हो ।
ग ८ प ६९२४ नम्बरको रातो डियो स्कुटर र ग ११ प ९८२७ को निलो रंगको पल्सर बाइकमा आएका केही युवाले मोटरसाइकलबाट झरी महिलाको घाँटीमा राखी लुटपाट गरेको प्रहरीले बताएको छ ।
प्रहरीले घटनामा संलग्न पोखरा महानगरपालिका १८ का ३७ वर्षीय देवन गुरुङ, १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की, तनहुँ व्यास नगरपालिका ३ घर भई पोखरा ५ बस्दै आएका १८ वर्षीय अनिष भट्टलाई पक्राउ गरेको हो ।
पक्राउपश्चात अनुसन्धान गर्दै जाँदा प्रहरीले उनीहरुको साथबाट एक लाख तीन हजार पाँच सय रुपैँया समेत बरामद गरेको थियो । उक्त रकम सोही लुटेको सुन बिक्री गरेर ल्याएका थिए ।
प्रहरीले लुटपाटको सुन किन्ने पोखरा ४ गणेशटोलस्थित विकास सुनचाँदी पसलका सञ्चालक नारायण प्रसार विक र एस.पी. मान्मा ज्वेलर्सका सञ्चालक प्रशान्त मान्मालाई समेत पक्राउ गरेको छ । उनीहरु विरुद्ध चोरी तथा डाँका सम्बन्धि मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->