बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रहरीको सिआईडी भनि खानतलासी गर्ने २ पक्राउ

प्रहरीको सिआईडी भनि खानतलासी गर्ने २ पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०८१, बुधबार

पोखरा/सादा पोसाकका प्रहरीको सिआईडी भन्दै सर्वसाधारणको शरिर खानतलासी गर र चेकजाँच गर्ने, पैसा असुल्ने तथा कानुनी दायरामा ल्याउने भनि डरत्रास देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा–१७ छोरेपाटनका ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा–७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षका सरोज थापा छन ।

दुवैजनाले यही साउन २७ गतेका दिन पोखरा–२ बागलुङ बसपार्कमा माथि उल्लेखित गतिविधि गरेका थिए । सोधपुछका क्रममा उनीहरुले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेको खुलेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

श्रेष्ठ र थापालाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पक्राउ गरेको र उनीहरुबिरुद्ध सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको बिरुद्धको कसुर अन्तर्गत अभद्र व्यहारमा मुद्धा चलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->