पोखरा/पोखराका विभिन्न रात्रीकालिन व्यवसायबाट ७ बालिकाको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समुह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले मंगलबार बेलुकी उनीहरुलाई उद्धार गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माले बताए । अनुगमनका क्रममा वालिकाहरुलाई काममा लगाएको पाइएपछि उनीहरुलाई उद्धार गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पोखरा–९ स्थित क्लब डीबाट ३ जना बालिका, चिप्लेढुंगाको गाँउ शहर दोहोरी साँझबाट २ र सोही ठाउँको साइनो दोहोरी साँझबाट पनि २ जना बालिकाहरुको उद्दार गरिएको हो ।





