बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाटुलेचौरमा यसवर्ष पनि ऐतिहासिक तिज मेला

बाटुलेचौरमा यसवर्ष पनि ऐतिहासिक तिज मेला


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०८१, बिहिबार

पोखरा/पोखरा १६ स्थित बाटुलेचौरमा यसवर्ष पनि ऐतिहासिक बाटुलेचौर तिज मेला हुने भएको छ ।
वडा कार्यालयको सक्रियतामा आगामी भदौ २० गते बाटुलेचौर खेल मैदानमा तिज मेलाको आयोजना गरिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । परम्परागत रूपमा हुँदै आइरहेको तिज मेला यसअघि स्थानीय हिमालय क्लबले गर्दै आएको थियो ।
वडा कार्यालयले पुर्व आयोजक संस्था हिमालय क्लब, वाताबरण संरक्षण क्लब, नागरिक समाज, विन्ध्यवासिनी मा.बि.का प्रतिनिधी तथा मेलाका पुर्व संयोजकहरुको उपस्थितिमा मेला संचालन सम्बन्धि भएको छलफलले पनि महिलाहरुको बिशेष चाड भएकाले महिला समूहमार्फत कार्यक्रम गर्न सुझाव दिएको र सोही अनुरूप मेला संचालन गर्न लागिएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
शाहकालिन इतिहास जोडिएको बाटुलेचौर तिजमेलाले मुलुककै पुरानो संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको तिमिल्सिनाको बताए । राजा कुलमण्डल शाहको शासनकालतिरै पबित्र सेति नदी तथा ठुलीपोखरी नुहाएर आएका महिलाहरुले बाटुलेचौरको मैदानलाइ बिश्रामस्थलको रुपमा प्रयोग गरि गितमार्फत आफ्ना मनका बह पोख्ने थलोको रुपमा उक्त स्थानलाई लिएका थिए ।
स्थानीय बडहरबोट आमा समूह आयोजक रहने मेलाको सह–आयोजकका रुपमा वडाका आमा समूह रहने आयोजक समूहकी अध्यक्ष कमला तिमिल्सिनाले बताइन् । वडा प्रतिनिधी तथा स्थानीयहरुले महिलाहरुप्रति गरेको विश्वास कायम राख्दै मेलालाई सफल बनाउन वडाका महिलाहरु उत्साहित रहेको पनि उनले बताइन् । वडास्थित महिला, बालबालिका तथा अपाङ्ग लक्षित कार्यक्रम हेर्ने जिम्मेवारी पाएकी जनप्रतिनिधी राजकुमारी बानियाँलाई भेलाले उक्त कार्यक्रमको संयोजकमा चयन गरेको छ । संयोजक बानियाँले सबैको सहयोग र सहकार्यबाट ऐतिहासिक तिज मेला सम्पन्न गर्नेगरी तयारी शुरु गरिएको बताईन् ।
सामाजिक विभेदविरुद्द सामाजिक रुपान्तरण अभियन्ता तथा दलित महिला सदस्य मन्जु नेपालीले मेलामा विभिन्न समूह बिच तिज गित प्रतियोगिताको साथमा अन्तर विद्यालय नृत्य प्रतियोगिता पनि गरिने जानकारी गराइन् । राष्ट्रिय ह्याण्डबल खेलाडी विशाल बस्नेतको नेतृत्वमा ह्याण्डबल प्रतियोगिता संचालनको तयारी भइरहेको उनको भनाइ थियो ।
वडा शिक्षा समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष तिमिल्सिनाले कार्यक्रम उदघाटनकै अवसरमा वडाका उत्कृष्ट विद्यालय सम्मान कार्यक्रमका साथ विद्यावारिधि गरेका वडा भित्रका नागरिकहरुलाई शैक्षिक सम्मान समेत गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->