बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

३००० विन्दुमा सेयरबजार, झण्डै ३० अर्बको ऐतिहासिक कारोबार

३००० विन्दुमा सेयरबजार, झण्डै ३० अर्बको ऐतिहासिक कारोबार


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०८१, बिहिबार

काठमाडौं / सेयरबजार ३००० विन्दुमा पुगेको छ। ४३।०५ अंकले नेप्से बढेर ३०००।८१ विन्दुमा रोकिएको हो। योसँगै परिसूचक ऐतिहासिक विन्दुनजिक पुगेको छ। यसअघि ०७८ साउन १० मा ३००० टेकेको नेप्सेले सोही वर्ष भदौ ३ मा ३२२६ विन्दुमा पुगेर कीर्तिमान बनाएको थियो। त्यसयता सूचक उकालो चढ्न सकेको छैन।

तर यसपटक कारोबारमा उत्साह फर्किँदा सूचकले पनि नयाँ ऐतिहासिक विन्दु छुनसक्ने देखिएको छ। कारोबार रकमले भने पटक पटक कीर्तिमान बनाइरहेको छ। आज पनि २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २ सय १६ रुपैयाँको सेयर कारोबार भएको छ। यो हालसम्मकै उच्च कारोबार हो।

बिहीबार १०५ कम्पनीको सेयर बढेको छ भने १३७ कम्पनीको घटेको छ। एउटा कम्पनीको मात्रै अघिल्लो मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। साताको अन्तिम कारोबार दिन आज बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै कम्पनीका लगानीकर्ताले क्रमशः ४४।२०, १६९० र ३१ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।

आजको कारोबारमा नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ। लगानीकर्ताले २३० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका हुन्। अन्य कम्पनीहरुको अधिकतम ७।२२ प्रतिशतसम्मले सेयर मूल्य घटेको छ।

त्यसैगरी आज सर्वाधिक कारोबार हिमालय रि इन्स्योरेन्सको भएको छ। कम्पनीको ९१ करोड ३३ लाख २२ हजार रुपैयाँको सेयर किनबेच भएको छ। यसबाहेक सानिमा माई हाइड्रोपावरको ८३ करोड २३ लाख, अपि पावरको ६५ करोड, कुमारी बैंकको ६१ करोड ७७ लाख र निफ्राको ६० करोड रुपैयाँको कारोबार भएको छ।

उपसूचकतर्फ आज फाइनान्स, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्यतर्फका सूचक राताम्य हुँदा निर्जीवन बीमा, वाणिज्य र विकास बैंक, होटल, जलविद्युत हरियो छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->