बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पेट्रोलियम पदार्थको मुल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घट्यो


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०८१, बिहिबार

काठमाडौं/नेपाल आयल निगमले पेट्रोल र डिजेल÷मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटाइएको निगमले जनाएको छ ।
भारतबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा प्रेटोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->