मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

माछा मार्न गएका रमेशलाई दरमखोलाले बगायो

माछा मार्न गएका रमेशलाई दरमखोलाले बगायो


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०८१, शुक्रबार

बागलुङ / दरमखोलामा माछा मार्न गएका ४२ बर्षिया रमेश परियारलाई शुक्रवार विहान दरमखोलाले वगाएको छ । गलकोट नगरपालिका वडा नं. १० घर भई हाल गलकोट नगरपालिका वडा नं. ६ मा बस्ने ४२ वर्षीय रमेश परियारलाई दरमखोलामा माछा मार्ने क्रममा शुक्रवार विहान बगाएको हो ।

माछा मार्ने क्रममा परियारलाई बिहान ७ः३० बजेको समयमा खोलाले बगाएको इलाका प्रहरी कार्यालय हरीचौरले जनाएको छ । परियारसँगै माछा मार्न गएका उनका २४ वर्षीय भाई मनोज परियारले दाजुलाई दरमखोलाले बगाएको प्रहरीमा खबर गरेका थिए । प्रहरी र स्थानीयको सहयोगमा परियारको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->